-रामसुन्दर आचार्य
काभ्रे, ७ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रसंग भएको सहमति बारे आफुलाई केहि जानकारी नभएको बताउनुभएको छ ।
बिहीबार काभ्रेको बनेपामा कार्यकर्ताहरुलाई प्रशिक्षण दिन काभ्रे आइपुगेका दाहालसंग क्रान्तिकारी पत्रकार संघले गरेको पत्रकार भेटघाटमा बोल्नु हुदै उहाँले पूर्वराजा ज्ञानेन्द्रले नौटङ्की निकाल्दै सहमतिका कुरा अगाडी सारेकाले आफुलाई त्यस बारेमा कुनै पनि जानकारी नभएको बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले यदी राजासंग कुनै सहमति भएको भए त्यसको जिम्मेवार काग्रेस-एमालेले लिनुपर्ने दावी गर्नुभयो । फरक प्रसङगमा बोल्दै उहाँले एमाले आफ्नो पहिचान भन्दा काग्रेसको पुच्छर बनेर कांग्रेसका एजेन्डा अगाडी सारेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो- संविधान बन्न कै लागि फाल्गुन १६ बाट राजधानीमा आन्दोलनको तयारी गरोका छौँ, यसमा जनताको सहयोग भरपुर मिल्ने छ । कुनै निष्कर्ष विना आन्दोलन राकिदैन ।’
















प्रतिक्रिया