लण्डन, २६ असार । विम्बल्डन टेनिसको सेमिफाइनलमा रोजर फेडेरर र राफायल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ । सन् २००८ को विम्बल्डन फाइनल यता फेडेरर र नाडालबिच यो प्रतिस्पर्धामा भेट हुन लागेको हो ।
फेडेररले केई निशिकोरीलाई ४–६, ६–१, ६–४ र ६–४ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हुन् ।
यस्तै नाडालले साम क्वेरीलाई ७–५, ६–२ र ६–२ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् ।
नाडालले सन् २००८ को फाइनलमा फेडेररलाई पराजित गरेर विम्बल्डन उपाधि जितेका थिए । उनले पाँच सेटको खेलमा अन्तिम सेटमा ९–७ को जित निकालेका थिए । नाडाल र फेडेररले समग्रमा १० पटक विम्बल्डनको उपाधि उचालेका छन् ।
चार पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोविचले सेमिफाइनलमा रोबर्टो बाउटिसा अगुट्सँग प्रतिस्पर्धा गर्ने छन् । पछिल्लो १२ वर्षमा जोकोविच, नाडाल र फेडेरर तीनैले अन्तिम चारमा स्थान बनाएको यो पहिलो पटक हो ।















प्रतिक्रिया