काठमाडौं, ७ फागुन । भारतका कोशन श्रीकान्तको रेकर्ड तोड्दै नेपाल ८ वर्षिय सौगात विष्ट विश्वकै कान्छा निर्देशक बनेका छन् । सौगातले गत मंसिरमा ‘लभ यु बाबा’ निर्देशन गरेर थिए ।
यसै चलचित्रबाट सौगात विश्वकै कान्छो फिल्म निर्देशक बनेका हुन् । सौगातले भारतका कोशन श्रीकान्तको रेकर्ड तोड्दै जिनिज बुकमा विश्वकै कान्छो निर्देशकमा आफ्नो नाम लेखाएका छन् ।
कम उमेरमै सिनेमा निर्देशन गरेर विश्व कीर्तिमान कायम गर्ने सौगात पहिलो नेपाली चलचित्र निर्देशक हुन् । विश्वकै कान्छा निर्देशक सौगातलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले ‘योङगेस्ट फिल्म डाईरेक्टर’ घोषणा गरेको छ ।
कक्षा ३ मा पढ्दै गरेका उनले एक महिना छुट्टि लिएर चलचित्रको निर्देशन गरेका थिए । सौगात विष्टले ब्यवसायिक रुपमा फिचर फिल्म बनाउने कान्छा निर्देशक भएकाले उपाधि दिइएको गिनिज बुकमा उल्लेख छ । नायक गजित बिष्टका छोरा सौगातले नयाँ चलचित्र बनाउने योजना रहेको समेत बताए ।
यसअघि भारतीय कान्छा निर्देशक किसन श्रीकान्तले सन् २००६ मा ‘फुटपाथ’ फिल्म निर्देशन गरेर बनाएको विश्व कीर्तिमान बनाएका थिए । लभ यु बाबामा उनका बाबु गजित बिष्ट, निश्मा घिमिरे, अशिष्मा नकर्मी, वसन्त भट्ट र निर्मल शर्मा लगायतले अभिनय गरेका छन् ।














प्रतिक्रिया