२ कार्तिक २०८३, सोमबार

गुल्मीको रेडियो रेसुङ्गा ८औं वर्षमा प्रवेश, यसरी मनाइयो वार्षिकोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

radio-waves

गुल्मी ७ फागुन । गाँउदेखि सहरसम्म, पहाडदेखि तराईसम्म शान्ती र समानताको प्रतिक भन्ने नारा सहित २०६४ सालमा स्थापना भएको रेडियो रेसुङ्गाले आजदेखि ८औं वर्षमा प्रवेश गरेको छ ।

रेडियो रेसुङ्गा प्रालिबाट सञ्चालित गुल्मी जिल्लाभरीका गाउँ–गाउँमा सूचनाको आवाज पु¥याउदै आइरहेको श्रोेतामाझ लोकप्रिय रेडियो रेसुङ्गाले आफ्नो स्थापनाको ७औं वर्ष पूरा गरेको हो ।

यसैअवसरमा रेडियोले वार्षिकोत्सवको पनि आयोजना गरेको छ । वार्षिकोत्सवमा रेडियोले आफना शेयर सदस्य, बिज्ञापन दाता, कर्मचारी स्वदेश तथा विदेशमा रहेका श्रोता सबैमा रेडियोलाई यहाँ सम्म ल्याउन सहयोग गर्ने सबैलाई धन्यावाद समेत ज्ञापन गरेको छ ।

साथै आगामी दिनहरुमा पनि सोहि अनुसार सहयोगको अपेक्षा गरेको सञ्चालक समिति अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो । गुल्मी जिल्लामा एफएम रेडियोका क्षेत्रमा रेडियो रेसुङ्गा जिल्लाको पहिलो रेडियो हो ।

सूचना, शिक्षा, र मनोरञ्जन प्रदान गर्ने मुख्य उद्देश्य लिएको यस रेडियोले स्थानीय स्तरमा उत्पादित कार्यक्रमहरुका साथै लण्डनबाट प्रसारण हुने बीबीसी नेपाली सेवा, उज्यालो ९० नेटवर्कबाट प्रसारित कायाकैरन, नेपाल दरपर्णजस्ता कार्यक्रमको प्रसारण समेत गर्दै आइरहेको रेडियोले दैनिक समाचारमुलक कार्यक्रम प्रसारण गर्दै आइरहेको छ ।

वार्षिकोत्सवका अवसरमा रेडियोले यसवर्ष सञ्चालक समिति, कर्मचारी, सेयर सदस्य र आफना सम्वाददाताहरुसंग अन्र्तक्रिया गरेको छ । बालकदेखी वृद्धसम्मका समुदायमा विश्वसनिय बनेको रेडियोले दैनिक रुपमा १८ घण्टा सूचना ज्ञानवद्र्धक कार्यक्रम प्रसारण गर्दै आएको छ ।

वार्षिकोत्सवको अवसरमा श्रोताहरुले रेडियो सुन्नुपर्ने खालका लोकप्रिय, ज्ञानबद्र्धक, बौद्धिक कार्यक्रम, सन्तुलित र तथ्यपरक समाचार, सकरात्मक सोच सहितको गीतसंगित तथा मनोरञ्जनका कार्यक्रमहरु अझ बढी थपिदै लैजाने योजना बनाएको स्टेशन म्यानेजर अनिता खत्रीले बताउनुभयो ।

हाल रेडियो रेसुङ्गामा स्टेसन म्यानेजरको रुपमा काम गर्दै आएकी खत्री गुल्मीमै पहिलो महिला स्टेसन म्यानेजर हुन । रेडियोको स्थापना कालदेखि काम गर्दै आएकी खत्रीलाई गत असोजमा रेडियो सञ्चालक समितिले स्टेसन म्यानेजरमा जिम्मेवारी दिएको थियो ।