४ कार्तिक २०८३, बुधबार

प्रभु बैंकको शाखा हुम्लाको खार्पुनाथमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २५ असार । प्रभु बैंक लिमिटेडले हुम्लाको खार्पुनाथमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन बुधबार खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले गरे ।

शाखा उद्घाटन गर्दै रावलले प्रभु बैंकले गाउँगाउँमा पुगेर बैैकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गरे । आजदेखि सञ्चालनमा आएको खार्पुनाथ शाखाकार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपलब्ध हुने बताए ।

उनले बैंकिङ पहुँचभन्दा बाहिर रहेका त्यस क्षेत्रका सम्पूर्ण नागरिकहरुलाई प्रभु बैंकको सेवा उपभोग गरी लाभ उठाउन समेत आग्रह गरे । खार्पुनाथ शाखा कार्यालय समुद्घाटन कार्यक्रममा हुम्ला जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघ हुम्लाका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतको उपस्थिति रहेको थियो ।

खार्पुनाथशाखा समेत गरी बैंकले हालसम्म १८७ वटा शाखा, १५० वटा एटीएम र २३ वटा एक्सटेन्सन काउण्टरबाट सेवा प्रवाह गर्दै आएको छ ।

आजदेखि सञ्चालनमा आएको बैंकको खार्पुनाथ शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।