२ कार्तिक २०८३, सोमबार

चालक निदाउँदा सवारी दुर्घटना, एकको मृत्यु, १२ जना अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ फागुन । मालवहाक ट्रकका चालक निदाउदा चितवनको रत्ननगरस्थित शान्तिचोकमा आज बिहान ३ बजे भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएर अस्पताल भर्ना भएका छन् ।

चालक निदाउदा मालवहाक ट्रकले तरकारी बोक्ने मिनी ट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा मिनी ट्रकका चालक चितवनको कठार गाविस– ६ बस्ने ३० वर्षीय कृष्ण गिरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएर अस्पताल भर्ना भएका मध्ये तीन जनाको अवस्था गम्भीर छ ।

नारायणगढबाट हेटौँडा जाँदै गरेको ना५ख ५८७६ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा१ख ६६७४ नम्बरको तरकारी बोकेको मिनी ट्रक एकापसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मिनी ट्रक चालक गिरीको शवलाई भरतपुर अस्पतालमा राखिएको छ । अन्य सबै घाइतेको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।