काठमाडौं, २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन जना थुनुवा फरार भएका छन् ।
फरार भएकाहरूमध्ये दुई जना डाँका मुद्दाका र एक जना लागुऔषधका छन् । जावलाखेल प्रहरीमा राख्नुपर्नेमा ठाउँ अभावका कारण उनीहरूलाई भैंसेपाटीमा राखिएको थियो ।
उनीहरू साेमबार राति ग्रिल उप्काएर भागेकाे ललितपुर प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिएका छन् ।
उनीहरूको खोजीका लागि काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा व्यापक मात्रामा प्रहरी परिचालन गरी निगरानी बढाइएको छ ।















प्रतिक्रिया