काठमाडौं, २४ असार । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । मंगलबार बिहानका लागि बोलाइएको बैठकमा सहभागी हुन मन्त्रीहरु बालुवाटार पुगेका छन् ।
बैठक केही बेर अघिबाट सुरु भएको बालुवाटार स्रोतले जनाएको छ ।
सोमबार दिउँसो राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रिपति विद्यादेवि भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले मंगलबार बिहानै आकस्मिक बैठक बोलाएका हुन् ।
बैठकका अजेन्डा सार्वजनिक नगरिएको भए पनि केही महत्वपूर्ण निर्णय हुने स्रोतको दाबी छ । यसअघि सोमबार दिउँसो ४ बजे पनि मन्त्रिपरिषद बैठक बसेको थियो ।















प्रतिक्रिया