काठमाडौँ, ७ फागुन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेर्पा समुदायको नयाँ वर्षमा मनाइने ग्याल्पो ल्होसार पर्वका अवसरमा विहीवार शुभकामना सन्देश दिनुभएको छ ।
उहाँले शेर्पा समुदायलाई शुभकामना दिँदै पहिचानमा आधारित संविधान नबन्ने खतरा बढेको भन्दै आफ्नो पहिचान जोगाउँन एकजुट हुन आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो-‘पहिचानविरोधी शक्तिहरुको चलखेलले अस्तित्व मेटिने खतरा बढेको छ । तपाईहरु एकजुट हुनुहोस, आफ्नो अधिकारका लड्न समेत तयार हुनुहोस ।’
उहाँले पहिचानमा आधारित संविधान निर्माण गर्ने जनअपेक्षामा गम्भीर आशङ्का उत्पन्न भएको बताउँदै एकताबद्ध हुन शेर्पा समुदायलाई आग्रह समेत गर्नुभयो ।
संविधान निर्माणको यस घडीमा जनपक्षीय र परिवर्तनकामी संविधान निर्माणका लागि आआफ्नो ठाउँबाट एकजुट भई खबरदारी गर्नुपर्ने अध्यक्ष प्रचण्डको भनाई थियो ।
धार्मिक आस्थाका साथसाथै सामाजिक सद्भावका रुपमा समेत मनाइने यो पर्वले देशमा पहिचानसहितको संविधान निर्माण र समृद्धि स्थापना गर्ने प्रेरणा मिल्नेछ भन्ने विश्वास उहाँले व्यक्त गर्नुभएको छ । उहाँले तत्काल वार्ताको वातावरण सिर्जना भए छिट्टै सहमतिबाटै सबैको अधिकार समेटिएको संविधान जारी हुने धारणा राख्नुभयो ।















प्रतिक्रिया