
काठमाडाैँ, २३ असार । संसदीय सुनुवाइ विशेष समितिमा बंगलादेशका लागि प्रस्तावित राजदूत वंशीधर मिश्रको सुनुवाइ सकिएको छ ।
बैठकमा मिश्रले आफूले बंगलादेशको कनेक्टिभिटीलाई जोड दिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । नेपाललाई समृद्ध बनाउने गरी लगानी भित्र्याउन, पर्यटन प्रवर्द्धन गर्न भारतसँग कुरा गरेर बंगलादेशसँग सोझै सम्बन्ध कायम गर्न कूटनीतिक पहल गर्ने उनको योजना छ ।
मिश्रको सुनुवाई गरिएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको छ ।
अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत महेशराज दाहाल, कतारका लागि प्रस्तावित राजदूत नारद भारद्धाज र स्पेनका लागि प्रस्तावित राजदूत दावाफुटी शेर्पाको पनि सुनुवाई गर्नुपर्ने भएकाले बैठक केहीबेरका लागि स्थगित गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।
गत जेठ २३ गते सरकारले बंगलादेश, कतार, अष्ट्रेलिया र स्पेनका लागि राजदूत सिफारिस गरेको थियो । संसदीय समितिबाट स्वीकृत भएपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।















प्रतिक्रिया