
काठमाडौँ, २२ असार । झापा प्रहरीले माेटरसाइल चाेरविरुद्ध विशेष अभियान चलाएपछि चाेरहरुको निद हराम भएको छ ।
विशेषगरी जिल्लाको पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड, मेचीनगर, शिवसताक्षी र दमक बजार क्षेत्रमा चाेरीकाे गिरोह पक्राउ गर्न प्रहरीले विशेष अभियान सुरु गरेको हो ।
असार महिनाको हालसम्म मात्र चोरीको १९ वटा मोटरसाइकलसहित १३ जनालाई पक्राउ गरिएको झापा प्रहरी प्रमुख एसपी दिनेशराज मैनालीले जानकारी दिए । पक्राउ परेकाहरुलाई चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइसकेको उनले बताए ।
पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका २ बस्ने १९ वर्षीय विजय चौधरी, सोही नगरपालिका ८ बस्ने २२ वर्षीय रोबिन राजवंशी, बाह्रदशी गाउँपालिका ७ बस्ने१९ वर्षीय विनोद मुर्मु, सोही गाउँपालिका ६ बस्ने १९ वर्षीय करण चौधरी, कमल गाउँपालिका ४ बस्ने केशव श्रेष्ठ, शिवसताक्षी नगरपालिका १ बस्ने किरण भण्डारी छन् ।
यस्तै, इलाम चुलाचुली गाउँपालिका २ बस्ने सन्त श्रेष्ठ, शिवसताक्षी ५ बस्ने रमेश ताजपुरीया, सोही ठाउँका प्रेमबहादुर रिमाल, गौरादह नगरपालिका बस्ने सन्त लिम्बु, सोही ठाउँका प्रकाश न्यौपाने, दमक नगरपालिका ४ बस्ने बसन राई र कमल गाउँपालिका १ बस्ने रामु दमाई रहेको एसपी मैनालीले जानकारी दिए ।
बरामद गरिएको अधिकांश मोटरसाइकल बजाज कम्पनीको २२० सिसीको पल्सर छन् । उनीहरूले पार्किङ स्थलबाट चोर्ने र नम्बर प्लेट परिर्वतन गरी बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बरामद गरिएको १९ वटा मोटरसाइकल मध्ये सात वटाको वास्तविक नम्बर खुलेको झापा प्रहरी प्रवक्ता डिएसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
मे ९ प ४५५५, को १० प २६५१, मे ८ प ९३८३, मे ११ प १०१२, मे ५ प ९३९१, को ३१ प ९७७७ र मे ७ प ७६६३ मोटरसाइकलको नम्बर खुलेको डिएपसी श्रेष्ठले जानकारी दिए ।
नम्बर खुलेको मोटरसाइकल कानुन प्रक्रिया पूरा गरी सम्बन्धित धनीलाई बुझाउने प्रहरीको तयारी छ । केही धनीहरू सम्पर्क आइसकेका छन् । डिएसपी श्रेष्ठका अनुसार नम्बर नखुलेको मोटरसाइकलहरू यातायातबाट पहिचान गरी सम्बन्धित धनीलाई बुझाइनेछ ।












प्रतिक्रिया