
कतार, २१ असार । कतारमा वैदेशिक रोजगारीको सिलसिलामा गएका युवाहरुले संयुक्त लगानीमा मिमोसा मल्टीपर्पाेज नामक व्यवसायिक कम्पनी गत १ जुलाईका दिन औपचारिक रुपमा उद्दघाटन गरेका छन् ।
आफै मालिक आफै श्रमिक हुनु पर्छ भन्ने उद्देश्यले कतारबाट उक्त कम्पनीमा लगानी गर्ने युवाहरु मध्ये केहि युवाहरु स्वदेश फर्किएर काठमाण्डौंको चावहिलमा मिमोसा मल्टि पर्पोज प्रालि मार्फत विविध व्यवसाय संचालनमा ल्याएका हुन् । नेपालमै स्वरोजगार हुनु पर्छ भन्दै राजधानीको चावहिलमा मिमोसा रेष्टुरेन्ट एण्ड थकाली किचेन, मिमोसा ट्राभल्स एजेन्सी र मिमोसा आयुर्वेदिक क्लिनिक संचालनमा ल्याइएका छन् भने अहिले उनीहरुले करिब २० र २२ जना युवाहरुलाई रोजगार दिएका छन् ।

करिब ५० लाखको सुरुवाती लगानीमा संचालनमा आएको यो मल्टि कम्पनीको असार १६ गते सोमबार नेपालका चर्चित वरिष्ठ कलाकार दिपकराज गिरीले एक विशेष कार्यक्रमका बीच औपचारिक रुपमा उद्घाटन गरेका थिए । रिवन र केक काटेर उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले विदेशबाट स्वदेश फर्किएर युवाहरुले संयुत रुपमा लगानी गरी गरेको काम अन्य युवाहरुको लागि उदाहरणीय भएको भन्दै सफलताको शुभकामना दिएका थिए ।

त्यसै गरि कतारमा गएका युवाहरुकै लगानी गरेका उक्त कम्पनी संचालन भएको हुँदा कतारको रोयल नेपाली रेस्टुरेण्टको सभाहलमा एक औपचारिक कार्यक्रम गरेर भव्यताका साथ ओपनिङ्ग गरेका थिए । कार्यक्रममा करिब तीन सय जना नेपालीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा डिएमआइका दिपक ढकाल, जागरुक युवा समाज नेपाल कतारका अध्यक्ष राज चौहान, सद्भाव युवा समाजका सल्लाहकार सुरेश तामाङ, वेयलफेयरका अध्यक्ष दिपक थापा, खोटाङ सेवा समाजका अध्यक्ष रुद्र शर्मा लगायतले व्यवसायिक सफलताको शुभकामना दिएका थिए ।
कार्यक्रमको समापन गर्दै सोही कम्पनी कतारका अध्यक्ष्य मोहन श्रेष्ठले कतारमा कमाएको केहि पैसा घर खर्चबाट बचेको स्वदेशमै केही गर्नु पर्छ भन्ने उद्देश्यले नेपालमा सामुहिक लगानीमा बहुउद्देश्यीय कम्पनी स्थापना गरिएको बताएका थिए । साथै यस कम्पनीले नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने लक्ष्य लिएको पनि जानकारी दिए । कार्यक्रमको संचालक सचिव हिरा बिकले उपस्थित सम्पूर्णलाई हसाँउदै कार्यक्रममा केन्द्रित गराएका थिए ।















प्रतिक्रिया