४ कार्तिक २०८३, बुधबार

नेपाली निर्माताको हिन्दी सृजना, म्युजिक भिडियो

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रमोद यादवको स्वर भरिएको ‘क्या क्या’ बोलको हिन्दी गीतको म्युजिक भिडियो नेपाली निर्माताले निर्माण गरेका छन् ।

हाइलाइट्स नेपालमार्फत उक्त म्युजिक भिडियो रिलिज गरिएको छ । पुकार गौतम, रोजी पन्त, दिपा श्रेष्ठ, सन्दिप जो चिशोलम रायको अभिनय रहेको म्युजिक भिडियोको अवधारणा नेपाली फिल्म निर्माता भानुप्रताप ढकालले गरेका हुन् ।

उक्त म्युजिक भिडियोको निर्माण भानुप्रतापसहित अमर रसाईलीले गरेका हुन् । राह शर्माको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन रहेको गीतको शव्द र संगीत बलराम मिश्रले तयार पारेका हुन् । संगीत संयोजन भने अन्जान श्रेष्ठले गरेका हुन् ।