४ कार्तिक २०८३, बुधबार

ओपोकाे एफ ११ ज्वेलरी ह्वाइट चाँडै उपलब्ध हुने

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १९ असार । विश्वव्यापी ब्राण्डका रुपमा परिचित चिनिया स्मार्टफोन निर्माता कम्पनी ओपोले गत अप्रिल महिनामा आफ्नो एफ ११ सिरिज अन्तर्गत नयाँ फ्ल्यागशिपमोडलहरु सार्वजनिक गरेको थियो । उपभोक्तामाझ निकै लोकप्रिय प्रमाणित हुन सफल एफ ११ प्रो अन्तर्गत कम्पनीले लगतै एफ ११ प्रो मार्वेल्स एभेन्जर्स लिमिटेड इडिशनपनि सार्वजनिक गरेको थियो । अब आएर कम्पनीले ओपो एफ ११ पनिनयाँ रंगमाउपलब्ध गराउने घोषणा गरेको छ । ओपोका अनुसार चाँडै नै कम्पनीले एफ ११ लाई ज्वेलरी ह्वाइट रंगमाउपलब्ध गराउने तयारी थालेको छ ।

रु. ३७ हजार ९ सय ९० मूल्यनिर्धारण गरिएको एफ ११ हाललाई मार्वेल ग्रिन र फ्लोराइट पर्पल रंगमाउपलब्ध छन् । सार्वजनिकगर्ने तयारीमा रहेको नयाँ रंगको एफ११ लाई पनिउपभोक्ताले पछिल्ला मोडललाई झैँ रुचाइउत्तिकै मायाँदिने कम्पनीको दृढ विश्वास छ ।

“वैश्विक ब्राण्डका रुपमाओपोले आफ्ना उपभोक्ताका माग र आवश्यकतालाई विशेष प्राथमिकताका साथ बुझ्न सदैव तत्पर रहन्छ । उत्पादन मार्फत तिनलाई मिल्ने सन्तुष्टि नै हाम्रालाई प्रमुख प्राथमिकताको विषय हो । ब्यक्ति पिच्छे मानिसको ब्यक्तित्व फरक हुन्छन् । त्यही अनुरुप तिनका चाहना र आवश्यकता पनि ।

रंगले पनि एक वा अनेक तवरमा तिनको व्यक्तित्व झल्काउने गर्छ ।” ओपो नेपालमा प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, “सार्वजनिकको तयारीमा रहेको नयाँ एफ ११ को ज्वेलरी ह्वाइट अप्सनले थप उपभोक्ताका मागको सम्बोधनगर्ने कुरामा हामी विश्वस्त छौँ । उत्पादनले उपभोक्ताबाट प्राप्तमायाँ र सद्भावको निरन्तरताका लागि सघाउने हाम्रो आशा छ ।”

कम्पनीकाअनुसार नयाँ रंगको एफ ११ (ज्वेलरी ह्वाइट) नेपाली बजारमा प्रमुख विक्रेता मार्फत मध्य जुलाई देखि सर्वत्र उपलब्धहुनेछ ।