१० कार्तिक २०८३, मंगलबार

आज ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netaharu chorकाठमाडौं, ७ फागुन । आज फागुन ७ अर्थात ६५ औं राष्ट्रिय प्रजातन्त्र दिवस । ६५  औं राष्ट्रिय प्रजातन्त्र दिवस आज देशभर विविध कार्यक्रम गरी मनाईदैछ ।

२००७ सालको प्रजातान्त्रिक आन्दोलनको फलस्वरुप १०४ वर्षे लामो निरङ्कुश जहानीया राणाशासन अन्त्य भएको स्मृतिमा हरेक वर्ष फागुन ७ लाई प्रजातन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा सन्देश दिदै  राष्ट्रपति रामबरण यादवले सबै दलहरु सहमति सहकार्य गरी  शान्ति र संविधान निर्माण कार्यलाई एक भएर अगाडि बढ्नु पर्नमा जोड दिनुएको छ ।

उहाँले शान्ति र संविधानलाई समयमै टुङ्ग्याउनु पर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले ज्ञात अज्ञात सहिदप्रति सम्मान गर्दै श्रद्धान्जलि अर्पण गर्नुभएको छ ।

उपराष्ट्रपति परमानन्द झाले नेपाली जनतामा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिनुभएको छ ।

उहाँले  विश्व समुदायबाट प्रशंसित नेपालको भौगोलिक, सास्कृतिक, जातीय एवम् भाषिक विविधताको राष्ट्रिय एकता एवम् सहिष्णुता राष्ट्रिय गौरबको रुपमा रहेको बताउनुभएको छ ।

उहाँले यसलाई अझै मजबुत पार्दै जानु सबैको कर्तब्य रहेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री  सुशील कोइरालाले देशमा शान्ति र संविधानको पक्षमा जोड दिनुभएको छ ।

उहाँले दिनुभएको सन्देशमा प्रजातन्त्र दिवसले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन राजनीतिक दलहरुबीच साझा सहमति कायम गर्न, सहकार्यका साथ अघि बढ्न र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसाथ गर्न आजको दिनले प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

एमाले अध्यक्ष केपी ओलीले प्रजातन्त्र दिवस नेपालीको ऐतिहासिक दिवस भएको सन्देशमा उल्लेख गर्नुभएको छ ।

उहाँले नेपालमा प्रजातन्त्र ल्याउन  आम नेपालीको योगदान रहेको उल्लेख गर्दै यसलाई कसैले पनि बिर्सन नहुने बताउनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले पनि ६५ औं प्रजातन्त्र दिवसका उपलक्ष्यमा दिएको शुभकामना सन्देश दिनुभएको छ ।

उहाँले दिनुभएको सन्देशमा सहमतिको सहीरुपले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । तर सहमति के हो भन्ने बारे उहाँले केही खुलाउनुभएको छैन ।

उहाँले नेपालमा गणतन्त्र घोषणाको ६ वर्षपछि पूर्वराजा शाहले पहिलोपल्ट आफू र तत्कालीन आन्दोलनकारी दलहरूबीच सहमति र समझदारी भएको खुलासा गर्नुभएको छ ।