
दोहा, कतार, १८ असार । कतार एयरवेजले सि.ए.पि.ए.– उड्डयन केन्द्रसँगको सहकार्यमा ५–६ फेब्रुअरी २०२० मा दोहामा सि.ए.पि.ए.कतार एभियेशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्ने भएको छ ।
२०१९ को फेब्रुअरीमा आयोजित मध्यपूर्वी क्षेत्रकै पहिलो एरोपोलिटिकल सम्मेलन अत्यन्तै सफल रहेको थियो जहाँ ‘दोहा डेक्लेरेशन’ सम्झौता भएको थियो । उक्त घोषणापत्रले अन्तर्राष्ट्रिय हवाई यातायातका लागि लचिलो नियामक संरचना स्थापना गर्न उदारीकरणको सिद्धान्तमा सबैको राजनैतिक प्रतिबद्धताका लागि पहल गर्दछ । उक्त सम्मेलनले उड्डयन, कानुन तथा सरकारी क्षेत्रका ३५ भन्दा धेरै विशेषज्ञ वक्ताहरुबाट सुन्न ३०० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतिनिधिहरुलाई जोड्न सफल रह्यो ।
कतार एयरवेज ग्रुपका प्रमुख कार्यकारी अधिकारी सम्माननीय श्री अक्बर अल बकरले भन्नुभयोः “कतार एयरवेज २०२० मा सि.ए.पि.ए.कतार एभियेशन एरोपोलिटिकल एण्ड रेगुलेटरी सम्मिट पुनः आयोजना गर्न अत्यन्तै उत्साहित छ ।
भविष्यको रणनीतिक दिशा एवं हाम्रो यस उद्योगको चालु उदारीकरणको वादविवादलाई बढावा दिने छलफललाई निरन्तरता दिन यस उद्योगका अग्रणी तथा वरिष्ठ निर्णयकर्ताहरुलाई दोहामा स्वागत गर्न प्रतीक्षामा छौँ । ”















प्रतिक्रिया