१ कार्तिक २०८३, आइतबार

लिवियाको आप्रवासी बन्दीगृहमा आक्रमण, कम्तीमा ४० जनाको मृत्यु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, १८ असार । लिवियाको आप्रवासी हिरासत केन्द्रमा हवाई आक्रमण हुँदा कम्तीमा ४० जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार लिबियाको राजधानी त्रिपोलीको पूर्वी तजोरामा रहेको एउटा बन्दीगृहमा भएको हो । जहाँ आप्रवासी राखिएको छ। मारिनेमा अधिकांश अफ्रिकन आप्रवासी छन् ।

बीबीसीका अनुसार, हवाई आक्रमणमा परी ८० जना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्ने अनुमान गरिएको छ ।

आपत्कालीन सेवासम्बन्धी निकायका प्रवक्ता ओसामा अलीले हमला हुँदा १२० जना आप्रवासीहरू बन्द कोठाभित्र रहेकाे समाचार संस्था एएफपीसँग बताएका छन् । ‘आक्रमणमा थप आप्रवासी मारिएका हुन सक्छन् । किनकि, यो प्रारम्भिक तथ्यांक मात्र हो’, अलीले एएफपीसँग भनेका छन् ।

अहिलेसम्म आक्रमण कसले गर्‍यो भन्ने खुलेको छैन । तर, संयुक्त राष्ट्रसंघको समर्थनप्राप्त सरकारका प्रधानमन्त्री फयज अल सेरराले घटनामा लिवियन नेशनल आर्मीको संलग्नता रहेको दाबी गरेका छन् । लिवियन नेशनल आर्मी आफ्नै देशको समर्थन प्राप्त सरकार हुनपर्ने माग उसको छ । यही माग राखेर यो संगठन संघर्षरत छ ।

बीबीसीका अनुसार, आप्रवासीका लागि लिविया हुँदै युरोप प्रवेश सहज छ । त्यसैले पछिल्ला वर्ष युरोप जान खोज्ने आप्रवासीका लागि लिबिया एउटा मुख्य प्रस्थानबिन्दु बन्ने गरेको छ।

निरंकुश शासक भएको आरोप त्यहाँका शासक मुअमर गद्दाफीमाथि लागे पनि उनको शासनकालमा लिविया अहिलेजस्तो कमजोर थिएन । लामो समय शासन गरेका मुअम्मर गद्दाफी सन् २०११ मा सत्ताच्युत भएपछि लिबियामा हिंसा फैलिएकाे छ।