१ कार्तिक २०८३, आइतबार

७ जुलाईको दिन सिक्किममा ७ मिनट यातायात बन्द

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जगन दाहाल

गान्तोक, १८ असार । विश्व जलवायु परिवर्तनको चपेटमा पर्दै गएको बेला भारतको हिमाली राज्य सिक्किमले पर्यावरण संरक्षण र संवर्धनको निम्ति नयाँ सरकारको नयाँ योजना वन महोत्सव शुरु गरेको छ ।

जुलाई एकदेखि आरम्भ भएको यस सप्ताहव्यापी अभियानको समापन आगामी सात जुलाईको दिन गरिनेछ ।

आगामी सात जुलाईको दिन सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेले दक्षिण सिक्किमको किचुडुम्रा-मा एक कार्यक्रमको आयोजन गरि “ए डे फर मदर अर्थ”-कार्यक्रम पनि शुरु गर्नेछन् ।

सिक्किम सरकारका वन पर्यावरण एवं वन्य जीवन प्रबन्धन विभागका मन्त्री कर्मालोडे भोटियाले पत्रकार सम्मेलनको आयोजन गरी उक्त विषयमा जानकारी दिएका हुन् ।

ए डे फर मदर अर्थको दिन विशेष गरेर मुख्यमन्त्री गोलेले पिपलको विरुवा रोप्नेछन् भने ७ जुलाईको दिन सिक्किम भरि बिहान ११ बजीदेखि ११ः०७ बजेसम्म सात मिनट आपतकालीन वाहन सेवा बाहेक अन्य सबै वाहनहरू सञ्चालनमा रोक लगाइनेछ ।

विभागीय सचिव एमएल श्रीवास्तवले पत्रकारहरूलाई दिएको जानकारी अनुसार यस दिन सात मिनटको दिन भारतीय सेना अनि अन्य संस्थानहरूलाई पनि आपतकालिन वाहन बाहेक अन्य वाहनहरूलाई सञ्चालन नगरिदिने अपील गरेको बताएका छन् ।

यस दिन राज्यका चारै जिल्लामा एक लाख अधिक विरुवा रोपिने र सिक्किमभरिका ८०० अधिक स्कूलहरूलाई ग्रीन मिशन स्कूलको रूपमा जोड्ने काम भइरहेको बताएका छन् ।

वन अनि पर्यावरण संरक्षणको क्षेत्रमा सिक्किमले जल वायु परिवर्तनलाई धेरै रोक्ने काम गरेको छ भन्दै सिक्किममा करीब 48 प्रतिशत जमीन रुख अनि वनले भरिएको र यो वन्य क्षेत्रमा भारतको सबैभन्दा ठूलो उपलब्धी हो। यसरी नै जङ्गली जनवारहरू जङ्गल छोडेर बाहिर नजाओस भनि विभागले वनमा फलका विरुवाहरू पनि लगाउने चाँजो गरिरहेको छ ।

सिक्किमको वन जङ्गलमा गौचरनहरू सबै बन्द गरिएको छ । यहाँको सबैभन्दा ठूलो वन्य सम्पत्ति भनेको कञ्चनजङ्गा राष्ट्रिय उद्यान (केएनपी)-हो जसलाई वैश्विक धरोहरकोरूपमा सुरक्षित गरिएको छ ।