काठमाडौं, ७ फागुन । स्वीस प्रहरी अधिकारीले मुद्रा अपचलन गरेको आरोप लागेका जेनेभास्थित एचएसबीसी बैंकमा छापा मारेका छन् ।
उनीहरुले उक्त बैंक र मुद्रा अपचलनमा आशंकित अज्ञात ब्यक्तिहरुका बारेमा छानबिन गरिरहेको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
उक्त अनुसन्धान सम्पत्ति अपचलनमा सम्लग्न वा सहभागी भएका आंशकित ब्यक्तिहरुसम्म विस्तार हुन सक्ने जनाइएको छ ।
एचएसबीसीले स्वीस अधिकारीहरुलाई सहयोग गरिरहेको बताइएको छ ।
उक्त बैंकमाथि आफ्ना धनी ग्राहकहरुलाई कर छल्न सहयोग गरिरहेको आरोप सार्वजनिक भएको एकहप्तापछि छापा मारिएको हो ।















प्रतिक्रिया