१ कार्तिक २०८३, आइतबार

राजधानीमा स्वाइन फ्लुको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

swine-flu.-11काठमाडौं, ७ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुले एक बिरामीमा स्वाइन फ्लुको शंका देखिएपछि निर्क्यौल गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना परीक्षण गर्न पठाएको छ ।

ती बिरामीमा उच्च ज्वरो, रुघा खोकी, सास फेर्न गार्हो हुने र पखाला लाग्ने जस्ता लक्षण देखेपछि अस्पतालले स्वाइन फ्लु भएरनभएको निर्क्यौल गर्न खोजेको हो ।

भारतको मुम्वइ र दिल्लीवाट राजधानी फर्केका ती व्यक्तिमा सामान्य रुघाखोकीभन्दा फरक लक्षण देखिए पछि उपचारमा संलग्न चिकित्सकले थप परीक्षण पर्खेको कान्तिपुर दैनिकले छापेको छ ।

‘क्लिनिकल परिक्षणमा स्वाइन फलुको शंका भएपछि थप पुष्टि गर्न जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाएका हौ’, टेकु अस्पतालका डा.शेरबहादुर पुनले भने, ‘ति व्यक्ति स्वाइन प्रभावित भारतीय क्षेत्रबाट ४ दिनअघि राजधानी फर्केका हुन् ।’