
काठमाडाैँ, १७ असार । एथ्लेटिक्सका अजित कुमार यादवले वर्ष उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।
पल्सर स्पोर्ट्स अवार्डको वर्ष उत्कृष्ट युवा खेलाडीमा अजितले मनोनयनमा परेका अन्य ४ जनालाई पराजित गर्दै अवार्ड जितेका हुन् ।
उनले ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी मन्जली कुमारी योन्जन, क्रिकेटका ललित नारायण राजवंशी र कराँतेका विजय श्रेष्ठलाई पछि पारेका हुन्।
अजित कुमारले राष्ट्रिपति रनिङ शिल्डमा ३००० मिटर र १५०० मिटर दौडमा स्वर्ण, तेस्रो एसिएन युथ एथलेटिक्स च्याम्पियनसिप हङकङ ३००० मिटरमा (८.३०.३२) को किर्तिमानी स्वर्ण र २३औं एसिएन एथलेटिक्स च्याम्पियनसिप कतार राष्ट्रिय किर्तिमानमा सुधार गरेका थिए ।
यस्तै, काठमाडौं म्याराथन ५ किमी खुला रोड रेसमा स्वर्ण एवम् बन्दीपुर रोड रेस ८ किमीमा स्वर्ण पदक जितेका थिए ।















प्रतिक्रिया