४ कार्तिक २०८३, बुधबार

‘इन्शाअल्लाह’मा सलमान र आलियाको जोडी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । लामो समयको अन्तरालपछि अभिनेता सलमान खान र निर्देशक सञ्जय लीला भन्साली एकसाथ काम गरिरहेका छन् ।

सलमान खानको अभिनय तथा भन्सालीले निर्देशन गरेको चलचित्र ‘इन्शाअल्लाह’ सन् २०२० को इदको अवसरमा रिलिज हुँदैछ । यस अघि सलमान खानले भन्साली निर्दे्शित ‘खामोशी–द म्युजिकल’ र ‘हम दिल दे चुके सनम’ जस्ता हिट चलतित्रमा काम गरिसकेका छन् ।

भन्सालीको अब बन्ने चलचित्र ‘इन्शाअल्लाह’ मा आलिया भट्टलाई मुख्य अभिनेत्रीको रुपमा लिइएको छ । भन्सालीसँग आलियाको यो पहिलो सहकार्य हो ।

भन्सालीले आफ्ना चलचित्रहरुमा अभिनेत्रीहरुलाई निकै नै सुन्दर तरिकाले प्रस्तुत गर्ने गरेका छन् । यही कारणले पनि चलचित्रमा आलियालाई अझै विशेष भूमिकामा देख्न सकिने अनुमान लगाइएको छ ।

सलमान खान र आलिया भट्टबीच उमेरको निकै अन्तर रहेको छ । चलचित्रमामा सलमान खान ४० कटिसकेका व्यक्तिको भूमिकामा देखिनेछन् भने आलिया २० वर्षीया युवतीको भूमिकामा देखिनेछिन् । चलचित्रमा सलमान खान फ्लोरिडाका व्यापारीको भूमिकामा देखिनेछन् ।

चलचित्रमा सलमानलाई निकै नै आकर्षक अवतारमा प्रस्तुत गरिनेछ । दर्शकले सलमानलाई यो चलचित्रमा डिजाइनर ज्याकेट र स्टाइलिश सनग्लासमा हेर्न पाउनेछन् । यतिबेला निर्देशक भन्साली फ्लोरिडामा लोकेशनको खोजीमा छन् ।

आलिया गंगा किनारमा रहेको शहरमा बसोबास गर्ने सुन्दर युवतीको भूमिकामा देखिनेछिन् । जसका लागि हरिद्वार, वाराणसी र ऋषिकेशमा लोकशनको खोजी भैरहेको छ ।

चलचित्र ‘इन्शाअल्लाह’ को छायाँकन अगष्ट महिनाको अन्त्यतिरबाट सुरु हुनेछ । त्यसबेलासम्म सलमान खानले अर्काे चलचित्र ‘दबंग ३’ को छायाँकनको काम पूरा गर्नेछन् ।

सञ्जय लीला भन्सालीको यो चलचित्र उनका यस अघिका चलचित्रभन्दा फरक एक आधुनिक प्रेम कथामा आधारित हुनेछ । एजेन्सी