४ कार्तिक २०८३, बुधबार

नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवा कर्णालीमा शुरू

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडैं, १७ असार । नेपाल टेलिकमको अत्याधुनिक प्रविधियुक्त एफटिटिएच सेवाको कर्णाली प्रदेशमा पनि विधिवत् शुभारम्भ भएको छ ।

सोमबार दूरसञ्चार कार्यालय सुर्खेतमा आयोजित कार्यक्रममा कर्णाली प्रदेशका संसदीय मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले विधिवत् रूपमा एफटिटिएच प्रविधि मार्फत समारोहस्थलमा जोडिएको फोनबाट प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फोन गरेर सेवाको शुभारम्भ गरेका हुन् ।

सोही फोनमा सञ्चालित इन्टरनेट सेवा मार्फत सो कार्यक्रमको भिडियो स्थानीय टेलिभिजन च्यानलमा प्रत्यक्ष प्रसारण समेत गरिएको थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली राम अधिकारीले कम्पनीका सेवाहरु देशका कुनाकाप्चासम्म पु¥याई सरकारको डिजिटल नेपालको अवधारणा साकार पार्न कम्पनी प्रयासरत रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलले निजी सेवा प्रदायक भन्दा टेलिकम पछाडी परेको हो कि भन्दै आफ्नो अग्रणी स्थान कायम राख्न अझै तदारुकताकासाथ लाग्नुपर्ने आवश्यकता बताए ।

५ सय १२ लाईन क्षमताका दुई थान फाइबर डिस्ट्रिव्युसन क्याविनेट (एफडिसी) जडान गरी कूल १ हजार २४ लाईन नेटवर्क क्षमताकासाथ शुरु भएको सो सेवाको वितरण शुरु भइसकेको छ ।

सुर्खेतभरि नै यसको विस्तार तत्काल गर्ने कम्पनीको योजना रहेको छ । कार्यक्रममा सो सेवा लिइसक्नुभएका ग्राहकहरूलाई मायाको चिनो सहित सम्मान गरिएको थियो ।