४ कार्तिक २०८३, बुधबार

सामसङको एम सिरिजको नयाँ मोबाइल नेपाली बजारमा

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ असार । सामसङ नेपालले एम सिरिजको तेस्रो स्मार्टफोन ग्यालेक्सी ःद्धण् नेपाली बजारमा प्रस्तुत गरेको छ ।

खासगरी यो फोन प्रविधिप्रेमी पुस्ता तथा जेनेरेशन जी (Zen Z)को लागि तयार पारिएको हो । ग्यालेक्सी M40 मा ६.३ इन्चको FHD+ Infinity-O display शक्तिशाली स्नेपड्रैगन ६७५ अक्टाकोर प्रोसेसर तथा दमदार फिचरकासाथ ट्रिपल रियर क्यामरा विद्यमान छन् ।

यो फोन M10 र M20 स्मार्टफोनमा ग्राहकहरुको अभूतपूर्व प्रतिक्रियापछि बजारमा ल्याइएको हो ।

‘नेपालमा सामसङ M सिरिजको अभूतपूर्व सफलता प्राप्त गर्दै आएको छ । युवा पिढी तथा जेनेरेशन जी (Zen Z) को लागि डिजाइन गरिएको ग्यालेक्सी M सिरिज खासगरी नेपालकै लागि भनी तयार गरिएको हो’, सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले भने, ‘हामीलाई विश्वास छ कि सोचविचार गरी मोबाइल फोन खरिद गर्नुहुने नयाँ युवाहरु M40 बाट अझ बढी खुसी एवं सन्तुष्ट हुनुहुनेछ ।’

ग्राहकहरुका लागि उच्चस्तरीय स्क्रीन अनुभव प्रदान गर्नको लागि ग्यालेक्सी M40 मा शानदार ६.३ इन्चको FHD+ Infinity-O display का साथ बजारमा उपलब्ध रहेको छ ।

यो यस्तो फिचर हो, जुन ग्यालेक्सी S10 मा रहेको छ । ग्यालेक्सी M40 १२००ः१ को कन्स्ट्रास्ट रेसियो तथा अनस्क्रीन साउन्ड प्रविधिको साथ उपलब्ध छ । यो केवल ७.९ मिलिमीटर पातलो फोन हो, जसको वजन केवल १६८ ग्राम छ ।

ग्यालेक्सी M40मजबुत गोरिल्लाग्लास ३ को साथ उपलब्ध छ । ग्यालेक्सी M40, स्नेपड्रैगन ६७५ प्रोसेसरको साथ उपलब्ध छ । जसकोे उत्कृष्ट नेटवर्कले प्रयोगकर्तालाई जीवन्त अनुभव प्रदान गर्दछ । साथै यसले फोनलाई मल्टिटास्किङ्ग बनाइदिन्छ र व्याट्री पनि कम खपत हुन जान्छ ।

प्रणयरत्न स्थापितले भने, ‘ग्राहकहरुलाई विशेष अनुभव प्रदान गर्नको लागि नयाँनयाँ प्रविधिहरुको खोज एवं अन्वेषण गर्न हामी आफैलाई निरन्तर चुनौति दिँदै आइरहेका छौँ । हामीले साना साना कुराहरुलाई पनि ध्यानमा राखी M40 को विकास गरेका छौँ । प्रभावशाली FHD+ Infinity-O display,  शानदार ट्रिपल रियर क्यामरा तथा स्न्याप ड्रयागन ६७५ प्रोसेसरको साथ बजारमा प्रस्तुत गरिएको यस ग्यालेक्सी M40 ले प्रयोगकताहरुलाई निश्चय नै विशेष अनुभव प्रदान गर्दछ । मलाई विश्वास छ कि हाम्रा नेपाली उपभोक्ताहरुले यस फोनलाई पनि पक्कै मन पराउनु हुने छ ।’

नयाँ ग्यालेक्सी M40मा आफ्ना महत्वपूर्ण क्षणहरुलाई क्याप्चर गर्नको लागि आफ्नो श्रेणीमा सबैभन्दा उत्कृष्ट ट्रिपल रियर क्यामराको साथ डिजाइन गरिएको छ । ग्यालेक्सी M40 को ट्रिपल क्यामरा सेटपमा १.७ अपर्चर तथा AI सीन अप्टिमाइजरको साथ ३२ मेगापिक्सलको मुख्य क्यामरा राखिएको छ, जसमा प्रयोगकर्ताले दिनमा वा रातमा शानदार फोटो खिच्न सक्नेछन् ।

यसमा ५ मेगापिक्सलको डेप्थ क्यामरा तथा ८ मेगापिक्सलको अल्ट्रा वाइड क्यामरा पनि राखिएको छ । आजका युवा पिँढीहरु भिडियो मार्फत कुराकानी गर्न मन पराउने हुँदा M40मा विभिन्न भिडियो फिचरहरु जस्तैः भिडियो रेकर्डिङ्ग, स्लोमोसन तथा हाइपरल्याप्स रहेका छन् ।

ग्यालेक्सी M40 मा ३५०० mAh को ब्याट्री राखिएको छ भने १५ वाट यूएसवी टाइप सी फास्ट चार्जिङ्ग फिचर राखिएको छ । जसले आम चार्जिङ्ग प्रक्रियाभन्दा ३ गुणा चाँडै चार्ज हुन्छ ।

ग्यालेक्सी M40 को नेपाली बजारमा खरिद मूल्य रु ३६,१९० तोकिएको छ । यो फोन १५ आषाढ, २०७६ देखि मिडनाइट ब्लु तथा सिवाटर ब्लु ग्रेडिएन्ट कलरमा उपलब्ध छ ।

इमर्सिव व्यूइङ्ग एक्सपेरियन्स

नयाँ ग्यालेक्सी M40लोकप्रिय एपहरुको माध्यमबाट कन्टेन्ट स्ट्रिमिङ्गको लागि WidevineL1 certification द्वारा प्रमाणित छ, जसले गर्दा प्रयोगकर्तालाई जीवन्त अनुभव मिल्ने छ । यो फोन ६.३ इन्च FHD+ Infinity O Display मा उपलब्ध छ । नयाँ पिँढीका लागि यो डिस्प्ले 480 Nits peak ब्राइटनेस्का साथ 1200:1 कन्ट्रास्ट रेसियो प्रदान गर्दछ ।

दमदार पफर्मेन्स

नयाँ ग्यालेक्सी M40 २.० गिगाहर्जसम्मको स्पीडको साथ शक्तिशाली स्नापड्रयागन ६७५ Octa-core प्रोसेसरमा सञ्चालित हुन्छ । Adreno 612 GPU को साथ ग्यालेक्सी M40 एक बेजोड गेमिङ्ग डिभाइस सावित हुनेछ ।

यस स्मार्ट फोनमा 6GB RAM तथा 128 GB मेमोरी रहेको छ, जुन 512 GB सम्म बढाई एउटा मल्टिटास्किङ्ग डिभाइसको रुपमा पनि प्रयोग गर्न सकिनेछ । यस फोनले कम व्याट्री खपत गरी कार्य गर्दछ ।