२ कार्तिक २०८३, सोमबार

लुम्बिनीमा यस्तो छ विद्युतीय रिक्साको विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DCIM106MEDIA– विवेक विश्वकर्मा
भैरहवा ६ फागुन । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीमा दिनप्रति दिन बढीरहेको धुलो, धुवाँ र ध्वनि प्रदूषण न्यूनीकरण गर्नका लागि अवधारणा अनुरुप खरीद गरी ल्याइएको विद्युतीय रिक्सा सञ्चालनमा ढिलाई भएको छ ।

धुँवा, धूलो र ध्वनि प्रदूषण कम गर्नका लागि दुई महिना अघि कोरियाली दातृ सस्ंथा कोईकाको करिब अढाई करोड आर्थिक सहयोगमा चीनबाट खरीद गरेर ल्याइएको ७० वटा बिद्युतीय रिक्सा लुम्बिनी विकास कोषको लापरवाहीका कारण लामो समय बितिसक्दा पनि अझै सञ्चालन हुन सकेको छैन् ।

लुम्बिनीमा चलिरहेको रिक्सालाई विस्थापित गरी विद्युतीय रिक्सा सञ्चालनका लागि एक महिना अगाडी ट्राफिक मार्फत तालिम गराई कोषले हालसम्म कानमा तेल हालै झै अझै सम्म कुनै प्रतिक्रिया नजनाएको कुरा महामाया रिक्सा समुहका अध्यक्ष नागेन्द्र प्रसाद गिरीले जानकारी दिएका छन् ।

कोईकाले फण्डिङ्ग गर्दा आफूनै नेतृत्वमा खरीद गरी ल्याईएको बिद्युतीय रिक्साको चार्जिङ्ग सेन्टर भइरहेको हुदाँ निर्माणपछि सञ्चालनमा आउने कोषका सूचना अधिकृत हरिध्वजराईले बताएका छन् ।

कोषका प्रशासकीय अधिकृत चूरामणि भट्टराईले चीनबाट खरीद गरेर ल्याइएका विद्युतीय रिक्सा कोईलाले कोषलाई हस्तान्तरण गरिसकेपछि कार्यकारिणी समितिको निर्णय बमोजिम सञ्चालन बिधी कार्ययोजना बनाई तोकेको ब्यक्ति वा संस्था मार्फत यथाशीघ्र सञ्चालनमा ल्याउने बताए ।

तर खरिद गरेर ल्याइएको दर्जनौ विद्युतीय रिक्सा बौद्ध विश्वविद्यालयको छाउनीमा थन्काई राखिएको हुदाँ अबिलम्ब सञ्चालनमा ल्याई लुम्बिनीलाई धुँवा, धूलो र ध्वनि प्रदूषण रहित बनाएर सुन्दर सफा सहर बनाउनुपर्ने सरोकारवालाहरुको जोडदार माँग छ ।