
काठमाडाैँ । आसुसेन फिल्म्सले निर्माण गर्न लागेको चलचित्र प्रेम गीत-३ को लागि क्रिष्टिना गुरुङ मुख्य नायिका अर्थात गीत चरित्रको लागि छनाैट भएकी छन् ।
दुई हजार ७ सय १४ जनाले गीतका लागि आवदेन भरेपनि निर्माताहरुले उत्कृष्ट २५ जना छनाैट गरेर अडिसनका लागि बोलाएका थिए । त्यसमध्ये क्रिष्टिना गीतको लागि फाइनल भएकी हुन् ।
गीतका लागि केही चलचित्रमा काम गरेका नायिकादेखि अहिलेकी चर्चित मोडल अञ्जली अधिकारी पनि उत्कृष्ट २५ मा परेका थिए । धेरै अञ्जली हुनुपर्ने भन्दै विचार व्यक्त गरेका थिए ।
तर, फिल्मका निर्माता एवं निर्देशक सन्तोष सेन ठकुरीले बजारमा विभिन्न नामहरु अगाडि आइरहेका भएपनि आफूहरु भने चलचित्रमा सुहाउँदो पात्रको खोजीमा नै केन्द्रित रहेर काम गरेको बताएका छन् ।
क्रिष्टिना अडिसनका लागि अमेरिकाबाट नेपाल आएकी थिइन् । ‘क्रिष्टिना गुरुङ्ग अब गीतको पात्रमा देखिने भएपछी बााँकी २४ जनामा पनि आ-आफ्नो किसिमको प्रतिभा छ । यो कुनै प्रतिष्पर्धा थिएन र यहाँ सहभागिता जनाएका २५ जना मध्य सबै समान प्रतिभाशाली हुन्’, निर्माता तथा निर्देशक सेनले भनेका छन्, ‘हामीले चलचित्रको कथाको माग अनुसार सुहाउँदो पात्रको खोजी मात्र गरेको हौ। यो कुरा सबैले बुझ्न जरुरी छ। आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा आगामी बन्ने चलचित्रको कथामा सुहाउँदो पात्र भए यिनै २५ मध्ये नै कोहीले माैका पाउन सक्नेछन । अब हामी ठूलो परिवार भएको महशुस गरेका छौँ, क्रिष्टिना गुरुङलाई आफ्नै परिवारको दिदी बहिनी सम्झिएर साथ् दिनुहोला ।’
प्रेमगीत-३ मा मुख्य नायकको रुपमा प्रदीप खड्का नै रहनेछन् भने अर्को नायकमा मनिष राउत फाइनल भएका छन् । सेन र छेतेन गुरुङले निर्देशन गर्ने फिल्म प्रेमगीत-३ आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउनेछ ।
गीतका लागि फाइनल भएकी क्रिष्टिनाका थप तस्वीरहरु हेर्नुहाेस्
















प्रतिक्रिया