काठमाडौँ, ६ फागुन । नेपाल विद्यार्थी सङ्घले महाधिवेशन प्रतिनिधिको टुङ्गो लगाई पार्टी नेतृत्वलाई बुझाएको छ ।
नेविसङ्घले प्रधानमन्त्रीको निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, विद्यार्थी विभाग प्रमुख नवीन्द्रराज जोशी र सङ्गठन विभाग प्रमुख आनन्द ढुङ्गानालाई संयुक्त रुपमा प्रतिनिधिको नाम बुझाएको हो ।
नेविसङ्घका कार्यवाहक अध्यक्ष मनहरि श्रेष्ठले विवादित जिल्ला र क्याम्पसको केन्द्रीय प्रतिनिधिलाई खटाएर गराएको अधिवेशनलाई नै मान्यता दिई प्रतिवेदन पेस गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो—“नेविसङ्घको विधि र विधानको आधारमा गरिएको प्रतिनिधि छनोटलाई आधिकारिक मानेका छौँ ।” नेविसङ्घले विभिन्न जिल्ला र क्याम्पसको तीन हजार ६८ जनाको नामावली पेश गरेको हो ।
















प्रतिक्रिया