
काठमाडौं, १३ असार । विश्वका चर्चित फूटबलर लियोनल मेस्सी जस्तै देखिने एक जना मोडललाई झुक्याएर २३ युवतीसँग शारिरीक सम्बन्ध राखेको आरोपको चर्चा भएको छ ।
इरानको तेहरानमा रहेका मोडल रेजा पाराश्तेशलाई नक्कली मेसी बनेर २३ युवतीसँग सम्बन्ध बनाएको आरोप लागेको थियो, जसलाई उनले खण्डन गरेका छन् ।
सामाजिक सञ्जालमा भाइरल भएका यी युवकले भनेका छन्,‘यदि मैले त्यसो गरेको भए कोही त उजुरी लिएर आउँथ्यो होला ।’ उनले मुस्लिम मुलुकमा बदनाम गराउनका लागि यस्तो हावादारी चर्चा भएको र यसले आफ्नो पारिवारिक जीवनमा पनि असर गरेको बताएका छन् । एजेन्सी















प्रतिक्रिया