
काठमाडौं । विहीबार सार्वजनिक भएको एसईई परिक्षामा अभिनेत्री करिश्मा मानन्धरले ‘बी प्लस’ ल्याएकी छन् । जिपिए प्रणाली अन्तर्गत भएको परिक्षाफलमा उनले ३ अंक ल्याएकी हुन् ।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको हो । यस वर्षको परीक्षामा देशभरबाट कुल ४ लाख ७५ हजार ३ परीक्षार्थी सहभागी भएका थिए ।
यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । गत १० चैतबाट २१ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । तीमध्ये २ लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा परीक्षार्थी छन् ।
लामो समय नेपाली फिल्म उद्योगमा काम गरेकी मानन्धरले अध्ययन बीचैमा रोक्नु परेको थियो । राजनीतिमा पनि सक्रिय हुन थालेपछि उनले अध्ययनलाई अगाडि बढाएकी थिइन् ।
कामलगायत राजनीतिक कार्यक्रमका कारण अध्ययनमा खासै समय दिन नसकेकी उनले परिक्षापूर्वका एक महिना भन्दा लामो अवधिचाहिँ मिहेनत गरेकी थिइन् । उनले आफू गणितमा कमजोर रहेको बताएकी थिइन् ।















प्रतिक्रिया