
काठमाडौं । नेपाल सरकारले भारतको चर्चित इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९ काठमाडौंमा गर्न अनुमति दिएको छ ।
काठमाडौं महानगरपालिका सह–आयोजक हुनेगरी नेपाल पर्यटन बोर्डको संयोजनमा उक्त अवार्ड काठमाडौंमा गरिन लागिएको हो ।
उक्त अवार्डमा बलिउडका हस्तीहरूको सहभागीता हुनेछ । लगभग बलिउड हस्तीका स्टार जति यो अवार्ड कार्यक्रममा सहभागी हुनेछन् ।
यसले नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने देखिन्छ । मन्त्रिपरिषद्बाट निर्णय गरेरै अनुमति दिइएको विवरणबारे सरकारका प्रवक्ता गोकुल बास्कोटाले विहीबार जानकारी दिएका हुन् ।















प्रतिक्रिया