काठमाडौं, ६ फागुन । राजधानीको बबरमहलमा बुधबार मध्याह्न बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको ज्यान गएको छ । मोटरसाइकल चालकको अवस्था पनि गम्भीर छ ।
मृत्यु हुनेमा सुनसरी जिल्ला, धरान नगरपालिकाका करिब २८ वर्षीय प्रवीण प्रधान रहेको प्रहरीले जनाएको छ । माइतीघरबाट नयाँबानेश्वरतर्फ गइरहेको बा २८ प २९४८ नं मोटरसाइकलको पछाडि बसेका प्रधानको उपचारका लागि न्युरो अस्पताल अनामनगरमा पुर्याउने क्रममा मृत्यु भएको हो ।
नयाँबानेश्वरबाट माइतीघरतर्फ आउँदै गरेको बा १ प ११६६ नं को पर्यटक बस र मोटरसाइकल आपसमा ठोक्किएको हो । दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक धादिङ नौबिसे गाविस–३ का चालक राजीव अधिकारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।




![sf7df8f}Fsf] aa/dxndf cfh dWofGx b'3{6gfu|i6 af= @* k @($* g+= sf] df]6/;fOsn . b'3{6gfdf df]6/;fOsnsf] k5fl8 ;jf/ k|ljg k|wfgsf] d[To'ePsf] lyof] . tl:a/ M /Tg >]i7, /f;; .](https://www.dainiknepal.com/wp-content/uploads/2015/02/accident-babarmahal.jpg)











प्रतिक्रिया