१० कार्तिक २०८३, मंगलबार

विप्लव माओवादीका विद्यार्थीले भने- ‘शुल्कवृद्धि फिर्ता सहमति कार्यान्वयन नगरे कब्जा गर्छाै’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chanda-Biplav

काठमाडौँ, ६ फागुन । नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले निजी विद्यालयले लिएको बढी शुल्क फिर्ता सम्बन्धमा विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

सङ्गठनले तत्काल शुल्कवृद्धि फिर्ता सहमति कार्यान्वय नगरे विद्यालय कब्बा गर्ने चेतावनी समेत दिएको छ । ‘सरकारले सहमति कार्यान्वयनमा ध्यान नदिए, विद्यालय कब्बा गरेर आफै शुल्क तोक्छौं,’ बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीका अध्यक्ष शरद रसाइलीले भन्नुभयो ।

संगठनले शुल्क फिर्ता, निजी कलेज र उच्च माविका विदेशी पहिचान झल्कने नाम परिवर्तन र रोजगारमूलक शिक्षा नीतिका लागि भएका सहमति कार्यान्वयन गर्न आग्रह समेत गरेको छ ।

अध्यक्ष रसाइलीले माघ २८ र २९ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्दै विगतमा भएका सहमति कार्यान्वयन गर्न आलटाल गरिएको छ, अब पनि आलटाल गरिए कडा सङ्घर्ष गर्नुको विकल्प छैन् भन्नुभयो ।

उहाँले विभिन्न वहानामा स्थगित हुँदै आएको स्ववियु निर्वाचन बारे छलफल गरी तत्काल मिति तोक्नुपर्ने माग पनि गर्नुभयो ।

बैठकले ‘एकीकृत जनक्रान्ति, जनवादी शिक्षा र सुझाव सङ्कलनका लागि २० औँ राष्ट्रिय सम्मेलन’ भन्ने मूल नारासहित बेपत्ता विद्यार्थी स्मृति दिवस २०७० वैशाख २३ गतेदेखि १६ गतेसम्म सङ्गठनको २० औँ राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न गर्ने निर्णयसमेत गरेको छ ।

त्यसैगरी, सङ्गठनले रिक्त रहेको महासचिव पदमा सचिव खगेश्वर केसीलाई जिम्मेवारी दिएको छ । यसअघिका महासचिव रत्न ढकाल मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीमै रहनुभएकाले केसीलाई नयाँ जिम्मेवारी दिइएको हो ।