महेन्द्रनगर, ६ फागुन । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐटपुरस्थित शिव मन्दिरमा मादक पदार्थ सेवन गरी अशान्ति गरेको आरोपमा प्रहरीले खडेश्वर बाबालाई बुधबार बिहान पक्राउ गरेको छ ।
अखण्ड नेपाल हुनुपर्ने मागसहित मन्दिरमा ४१ दिन तपस्यासमेत गरेका बाबाले मादक पदार्थ सेवन गरेर अशान्ति गरेको खबर गरिएपछि वडा प्रहरी कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका बाबाले रक्सी सेवन गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।
प्रहरीले उहाँको स्वास्थ्य परीक्षण गरेपछि रक्सी खाएको पाइएको प्रहरी निरीक्षक बमले जानकारी दिनुभयो ।















प्रतिक्रिया