४ कार्तिक २०८३, बुधबार

एनआईसी एशिया बैंकको कार्डमार्फत् मोबाइल किन्दा छुट

658
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असार । एनआईसी एशिया बैंकले डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५ प्रतिशत वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्ने जनाएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८४ शाखा कार्यालयहरु, २९४ एटिएम, ४६ वटा एक्स्टेन्सन काउन्टर एवं ३५ वटा शाखारहित बैंकिङ ईकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

करीव १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।