१८ कार्तिक २०८३, बुधबार

राजधानीमा बन्दकाे आंशिक प्रभाव, विभिन्न स्थानमा संकास्पद बस्तु

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं, १० असार । उपत्यकामा नेत्र विक्रम चन्द नेतृत्वकोे नेकपा माओवादीले आह्वान गरेको बन्दको आंशिक प्रभाव देखिएको छ ।

सार्वजनिक सवारी साधन फाट्टफुट्ट चले पनि निजी सवारीसाधन सामान्य अवस्थामा जस्तै चलेको छ । अधिकांश शिक्षण संस्थाहरू बन्द रहेका कारण सडकमा यातायातको चाप भने कम छ ।

बन्दका कारण लामो दूरीका गाडी चल्न सकेका छैनन् । काठमाडाैं उपत्यकामा छोटो दूरीका गाडी पनि कम मात्रै चलेका छन् । बन्दका कारण बिहानै आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।

ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । मंगलबार बिहान जावलाखेल खेल मैदान अगाडि होटलको सटरमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे निष्क्रिय बनाएको छ ।

बिहीबार सर्लाही लखनदेहीमा विप्लव समूहका कुमार पौडेललाई प्रहरीले पक्राउ गरेपछि हत्या गरेको भन्दै विप्लव नेतृत्वको नेकपाले मंगलबार बन्द आह्वान गरेको हो ।

प्रहरीले भने पौडेल विभिन्न अपराधमा पनि संलग्न रहेको र प्रहरीलाई गोली चलाएपछि जवाफी कारबाहीमा मारिएको बताउँदै आएको छ ।