१० कार्तिक २०८३, मंगलबार

एमाओवादी मोर्चा सहमतिमा आउनुको विकल्प छैन् : उपप्रधानमन्त्री सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-singhसोलुखुम्बु, ६ फागुन । उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले संविधानसभामा सुरु भएको प्रक्रिया कुनै पनि हालतमा खारेज नहुने बताउनुभएको छ ।

सल्लेरी च्याल्सा विद्युत् कम्पनीको उद्घाटन गर्न बुधबार सोलुखुम्बु आउनुभएका उपप्रधानमन्त्री सिंहले पत्रकारसँगको कुराकानीमा आन्दोलनरत पक्षसँग सहमति खोज्नकै लागि अहिले संविधानसभाको बैठक स्थगित भएको भन्दै सहमति नभए प्रक्रियाबाट संविधान जारी गर्ने बताउनुभयो ।

सुरु प्रक्रिया खारेज गर्नु भनेको संविधानसभाको अन्त्य जस्तै भएको भन्दै उहाँले सहमतिका लागि वार्ता भइरहेको र वार्ता सकारात्मक समेत रहेको बताउनुभयो ।

आन्दोलनरत विपक्षी दलहरूकै कारण अहिले संविधानसभा समस्यामा परेको दाबी गर्दै उपप्रधानमन्त्री सिंहले संविधानसभामा आउनुको विकल्प नभएको बताउनुभयो ।

उनीहरू वार्ता र संविधानसभामा आउन जति ढिला हुन्छ उत्ति नै उनीहरूलाई घाटा हुने उपप्रधानमन्त्री सिंहको भनाइ थियो ।

उहाँले स्थानीय निकायको चुनाव अपरिहार्य भएपनि विपक्षीहरू सहमतिमा नआएका कारण हुन नसकेको उल्लेख गर्दै संविधान जारी भएर अर्को स्थानीय निकायको स्वरुप बनाउने समयसम्मका लागि अन्तरिम भए पनि स्थानीय निकाय चाहिने बताउनुभयो ।