१ कार्तिक २०८३, आइतबार

रेल दुर्घटनामा पाँचको मृत्यु, एक सय भन्दा बढी घाइते

4.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


ढाका, ९ असार । उत्तरपूर्वी बङ्गलादेशमा भएको एक रेल दुर्घटनामा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य १ सय भन्दा बढी घाइते भएका एक सरकारी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

बङ्गलादेशको राजधानी ढाकाबाट २ सय ३ किल्लो मिटर टाढा रहेको माउल्भिबाजार जिल्लामा सो दुर्घटना भएको छ ।
स्थानीय समायानुसार आइतबार राती ११ः५० बजे सो दुर्घटना भएको अग्नी नियन्त्रण सेनाका एक अधिकारी नुर्नु नाबीले सिन्हवा समाचार समितिलाई जानकारी दिएका छन् ।

राजधानी ढाकातर्फ गइरेहको सो रेल डिब्वा पटरीबाट छुट्टिएर सो घटना भएको सरकारी अधिकारीले जानकारी दिएका छन् ।
उद्धारकार्य जारी रहेको र मृतकहको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । –एजेन्सी