१० कार्तिक २०८३, मंगलबार

बिहे गर्न नमानेपछि प्रेमिकाले गराइन् डाक्टरको अपहरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kidnapping

काठमाडौँ, ६ फागुन । चितवनका बालरोग विशेषज्ञ नारायणबहादुर थापाको अपहरण उनकै प्रेमिकाबाट भएको खुलासा भएको छ।

बिहेको आश्वासनमा शारिरीक सम्बन्धमात्रै राखी अलपत्र पारेको आरोपमा डा. थापाकै प्रेमिका चितवन चैनपुरकी रिता पुरीको योजनामा अपहरण भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । सोमबार अपहरणमा परेका बाल रोग बिशेषज्ञ डा थापालाई सोमबार आइल्याण्ड जंगल रिसोर्टमा बन्धक बनाएको अबस्थामा जिल्ला प्रहरी कार्यालय चितवनले मुक्त गरेको थियो । प्रहरीले अपहरणमा संलग्न धनश्याम पौडेल, जूने लिम्बु र सखम खवासलाई पनि पक्राउ गरेको छ । उनीहरुले ३० लाख रुपैयाँ फिरौती मागेका थिए । त्यसमध्ये १३ लाख ७५ हजार रुपैयाँ उनीहरुले लिइसकेका चिवतनका एसपी सहकुल थापाले बताएका छन् ।

डा थापा र उनकी प्रेमिका पुरीबीच लामो समयदेखि विवाद चल्दै आएको थियो । विवाद बढ्दै गएपछि पुरीले नाता कायम गरीपाउँ भनि अदालतमा मुद्दा दायर गरेकी थिइन् । मुद्दा फिर्ता लिन आग्रह गर्दा उनले डाक्टर थापासँग मोटो रकम माग गरेकी थिइन् । भनेअनुसार पैसा नदिएपछि अपहरण गरी पुरीले पैसा असुली गर्न खोजेको प्रहरीले जनाएको छ ।