४ कार्तिक २०८३, बुधबार

आयुष्मान–प्रियंका ‘मायाको खेल, आँसुको भेल’

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रियल जोडी आयुष्मान देशराज जोशी र प्रियंका कार्कीको मायाको खेल, आँसुको भेल बनेको छ, रिलमा ।

यो जोडी यसै पनि मिडियामा चर्चामा रहने गरेको थियो । अहिले म्युजिक भिडियोमा पनि धेरैले रुचाउन थालेका छन् ।

यहि क्रममा गायक मोहन राईको एल्बम मायाको खेलमा समावेश भएको शीर्ष गीतमा यो जोडीलाई देख्न सकिन्छ । दिपेन्द्रनाथ शर्माको शव्द, कन्काईस्ट राईको संगीत, सास शाक्यको संगीत संयोजनमा गीत बनेको छ ।

म्युजिक भिडियोको निर्माता भने जेसिका राई हुन् जसको निर्देशन राजेन्द्र महर्जनले गरेका हुन् । भिडियोको नृत्य निर्देशन सुष्मा कोइरालाको रहेको छ भने सुमित राज भट्टको क्यामेरा र विप्लव आर पोखरेलको सम्पादन रहेको छ ।

https://youtu.be/tBGibNmZf7I