१८ कार्तिक २०८३, बुधबार

बुटवलमा इकोनोमिक आउट लुक विमोचन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ असार । प्रतिमान–नीमा स्मृति प्रतिष्ठान र ईन्ष्टिच्युट फर ईन्ट्रिग्रेटेड डेझलपमेन्ट स्टडीजले संयुक्तरुपमा बुटवलमा नेपाल ईकोनोमिक आउट लुक ०१८–१९ विमोचन गरेको छ ।

कार्यक्रममा अर्थशास्त्री, वौद्धिक वर्ग, प्राध्यापक, समाजसेवी, सरकारी प्रतिनिधी र युवाहरूको समेत सहभागिता थियो ।

सोही कार्यक्रम ईन्ष्टिच्युट फर ईन्ट्रिग्रेटेड डेझलपमेन्ट स्टडीजका कार्यकारी निर्देशक डा.विष्णुदेव पन्थले नेपाल ईकोनोमिक आउट लुक ०१८–१९ माथि प्रकाश पार्दै यस पुस्तकमा समावेस गरिएका तथ्याड्ढहरू महत्वपूर्ण भएको बताए । उनले केन्द्रीय तथा प्रदेश सरकारले निश्पक्ष र प्रभावकारी ढड्डवाट अनुसरण गर्नु पर्ने बताए ।

चार दशकदेखि संचालित यस संस्थाले विभिन्न विधाहरुमा तथ्याड्ढ संकलन तथा विश्लेषण गर्दै आई रहेको छ । सोही अवसरमा डा.पन्थले सर्वजनिक नीति विषयको स्नाकोउत्तर तहको कार्यक्रम काठमाडौं विश्व विद्यालयवाट सम्वन्धन स्वीकृती लिई निकट भविस्यमा संचालन गर्ने बताए ।

कार्यक्रमका सहभागी प्रदेश सरकारका सामाजिक विकास मन्त्रालयका स्वास्थय निर्देशक डा.उमाप्रसाद चौधरीले यस प्रकारका अनुसन्धान आवश्यक रहेको र अनुसन्धानवाट आउने तथ्याड्ढ प्रदेश सरकारको लागि उपयोगी हुने बताए ।

प्रतिमान नीमा प्रतिष्ठान संग बायु प्रदुषण मापन तथा स्वास प्रस्वासमा समस्या विषयमा अनुसन्धानको सम्झौता गरी अगाडि वढी सकेको बताए ।

सोही कार्यक्रमका विशिष्ठ अतिथि सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले केन्द्र र प्रदेशको विकासका लागि बैज्ञानिक शिक्षा प्रणाली, श्रम अधिकार र खोज अनुसन्धानको विकास हुनु पर्ने बताइन् ।

सोही अवसरमा खोज अनुसन्धानवाट प्राप्त हुने तथ्याड्ढहरुलाई स्थानीय सरकारले मार्गदर्शकको रुपमा लिई स्थानीय तहमा रहेको प्रतिमान निमा स्मृति प्रतिष्ठानसंग हातेमालो गर्दै अगाडि बढने प्रतिवद्धता जाहेर गरिन ।