१८ कार्तिक २०८३, बुधबार

बससँग मोटरसाइकल ठोक्किँदा दाङका दुई युवाको मृत्यु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ९ असार । यात्रुवाहक बससँग मोटरसाइकल ठोक्किर दाङका दुई युवाको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शनिबार राति रूपन्देहीको सैनामैना नगरपालिका-६ रामापुर कलौनीमा महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको ना ७ ख ५९४८ नम्बरको बस र लमहीबाट बुटवलतर्फ जाँदै गरेको लु ८ प ८४७५ नम्बरको मोटरसाइकल ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले बताएको छ।

मृत्यु हुनेमा लमही नगरपालिका- ३ का काशी चौधरी र मानवबहादुर चौधरी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ।

बससँग ठोक्किएलगत्तै मोटरसाइकलको ट्यांकीमा आगो लागेर उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय सालझण्डी रूपन्देहीले नियन्त्रणमा लिएको छ। मृतकको शरिर जलेको हुँदा शवको पहिचान गर्न समय लागेको प्रहरीले बताएको छ।