मुम्बइ । बलिउड फिल्मका कारण भन्दा पनि टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि नायिका दिशा पटानी चर्चामा आइरहन्छिन् ।
दिशा पटानीको फिल्म ‘भारत’ अहिले बक्स अफिसमा सफल भइरहेको छ । फिल्ममा उनको साथमा सुपरस्टार सलमान खान र क्याट्रिना कैफ छन् ।
दिशाका फ्यानका लागि भने दुःखद खबर बाहिर आएको छ ।
दिशा अर्को नयाँ फिल्म मलंगको सुटिङमा थिइन् । सुटिङका क्रममा उनलाई चोट लागेको छ । फिल्मको एक गीतको सुटिङका वेला चोट लागेको हो । तर, प्राथमिक उपचारपछि उनले फेरि सुटिङ गरेको बताइएको छ ।
संयोग के छ भने दिशा फिल्म ‘भारत’को सुटिङका वेला पनि घाइते भएकी थिइन् । दिशाका अनुसार भारत फिल्ममा ‘स्लो मोसन’ गीतमा उनलाई चोट लागेको थियो ।
उनको घुँडामा समस्या आएको थियो । दिशा फिल्मको कारण मात्र नभएर टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहन्छिन् ।















प्रतिक्रिया