४ कार्तिक २०८३, बुधबार

ओपो रेनो १० एक्स हाइब्रिड फोन नेपालमा असार १५ देखि उपलब्ध हुने

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ असार । झण्डै २ दशकदेखि निरन्तर विकास, उत्साह तथा नयाँ पुस्ताका यूवा जमातको मन मस्तिस्क रिझाउने उत्पादन पस्कँदै वैश्विक प्रविधि नवप्रबर्तकको पर्यायवाचीका रुपमा आफूलाई स्थापित गर्न ओपो सफल रहँदै आएको छ ।

क्यामेरा प्रविधि तथा नवप्रवर्तनात्मक फिचर्स मार्फत ब्राण्डले आफ्नो लागि विरासत खडा गरिसकेको छ ।

दक्षिण एसिया लगायत विश्वका अन्य भागमा रेनो सिरिज सार्वजनिक संगै ब्राण्डले उद्योगमै पहिलोको सूचीमा पूणः थप एक थप्न सफल भएको छ ।

४८ एमपी प्राइमरी लेन्स, १३ एमपी टेलिफोटो लेन्स र ८ इमपी वाइड एंगल लेन्स सहितको फुल फोकल लेन्थ ट्राइ लेन्स रियर क्यामेरा समाहित ओपो रेनो १०एक्स जुम फोटोग्राफीका सवालमा उचित रहेको छ ।

ओपो एफ ११ प्रो सार्वजनिकको समयमा उपभोक्तालाई सगरमाथाको मनै लोभ्याउने तस्विरका साथ आयोजित ओपो एक्स एभरेष्ट क्याम्पेन जस्तै, यस पटक पनि रेनोको साथमा ओपोले टर्कीका विभिन्न स्थानका आकर्षक तस्विर १एक्स र १० एक्स जुममा खिचेर प्रस्तुत गरेको छ ।

नेपालमा भने उक्त फोन असार १५देखि उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ ।