
काठमाडाैँ । गायक नवराज सापकोटाको नयाँ गीत म निदाएसी आयौको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
नरेश गौतमकाे शब्दमा एनके ब्रदरर्सको संगीत रहेको गीतको पछिल्लो समयकी चर्चित मोडल अञ्जली अधिकारीको अहिलेसम्मकै भिन्न अभिनय गरेकी छन् ।
बहुचर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जली अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला अञ्जली यो गीतमा निकै हट अवतारमा देखा परेकी छिन् ।
प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन् । सार्वजनिक गीतमा अञ्जलीलाई जीवन भट्टराई र रिचा थापाले साथ दिएका छन् ।
गीत सार्वजनिक भए लगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिए । यसअघि गलबन्दी बोलको गीतमा अञ्जली लजालु युवतीको भूमिकामा निकै जमेकी थिइन् ।
हेर्नुहाेस् भिडियो :















प्रतिक्रिया