
काठमाडौँ, ८ असार । नेपालका लागि ह्वावे स्मार्ट फोनको वितरकले ह्वावेका स्मार्टफोन र ट्याब्लेटहरूमा गुगल एप तथा फेसबुक नचलेमा ग्राहकहरूलाई पूरै पैसा फिर्ता गरिने ग्यारेन्टी दिलाउँछ ।
यो प्रत्याभूतिले ह्वावे स्मार्टफोनका प्रयोगकर्ताहरूले विभिन्न गुगल एपहरू जस्तै जिमेल, गुगलप्ले, गुगलम्यापहरू, युट्युब, क्रोम र नन–गुगल एपहरू फेसबुक, ट्वीटर, भाइबर, इन्स्टाग्राम र अन्य धेरै एपहरू चलाउन सक्ने विषयलाई स्पष्ट पार्दछ ।
यसले ह्वावेका उत्पादनहरूमा एन्ड्रोइड अपरेटिङ सिस्टमको निर्माता गुगल हट्ने भन्ने चिन्ता व्यक्त भइरहँदा त्यस्तो नहुने आफ्ना ग्राहकहरूलाई प्रत्याभूति गराएको छ ।
विश्वमै टेलिकम्युनिकेशन उपकरणहरू उत्पादन गर्ने सबैभन्दा ठूलो उत्पादक ह्वावे सामसङपछिको विश्वकै सबैभन्दा दोस्रो ठूलो स्मार्टफोन उत्पादक हो ।















प्रतिक्रिया