काठमाडौं । गायिका अञ्जु पन्तको स्वरमा ‘गीत तिम्रो’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।
पुरुषोत्तम न्यौपानेको संगीत रहेको गीत रिकेश गुरुंङले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा मोडल रिचा थापासहितका कलाकारकाे विशेष अभिनय रहेको छ ।
सञ्चारकर्मी सविन प्रियासनको शब्द रहेको प्रियासन एल्वमको उक्त गीत गोदाबरीमा छायांकन गरिएको हो ।
प्रिन्सपन कार्कीको निर्देशनमा तयार भएको उक्त भिडियो उत्सब दाहालले खिचेका छन् ।
भिडियो नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोको मेकिङ चलचित्रको शैलीमा छ । उत्कृष्ट लोकेशन र मेकिङले गर्दा दर्शकले भिडियोबाट पनि थप मनोरञ्जन लिन सक्नेमा रचनाकार प्रियासन आशावादी छन् ।















प्रतिक्रिया