१० कार्तिक २०८३, मंगलबार

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali_Congress_Editedकाठमाडौं, ६ फागुन । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो १३ औं महाधिवेशन भदौंको पहिलो साता गर्ने तयारी थालेको छ ।

काठमाडौंमा आज बस्न लागेको केन्द्रीय कार्यसमितिको बैठकमा भदौं १ देखि ५ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव पेश गरिने कांग्रेसले जनाएको छ ।

कार्यसमितिले प्रस्ताव अनुमोदन गरे भदौ पहिलो साता राजधानीमा कांग्रेसको महाविधेशन हुनेछ ।

प्रस्तावित मितिलाई आजदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्नेछ ।

प्रवक्ता दिलेन्द्र बडुका अनुसार वडा, गाउँ र नगरसमितिको अधिवेशन आगामी साउन २ मा हुनेछ ।

२ सय ४० निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन ९ र जिल्लाको साउन १६ मा हुने प्रस्ताव गरिएको छ ।

कांग्रेसको १३ औं अधिवेशन ढिलोमा असोज पहिलो साताभित्र गरी सक्नुपर्ने कानुनी बाध्यता छ ।

यसअघि १२ औं महाधिवेशन असोज १ देखि ५ सम्म राजधानीमा भएको थियो ।

केन्द्रीय कार्यसमितिको कार्यकाल चार वर्षको भए पनि असाधारण स्थिति जनाएर एक वर्षमात्र थप्न पाइने व्यवस्था विधानमा छ ।

एक वर्षको म्याद कांग्रेसले ६ महिनाअघि थप गरिसकेको छ । थप गरेको म्याद असोज पहिलो साता सकिंदैछ ।

बडुका अनुसार पदाधिकारी बैठकले फागुन मसान्तभित्र सबै जिल्लाले शुल्क सहित क्रियाशील सदस्यताको विवरण केन्द्रमा पठाई सक्नुपर्ने निर्देशन मातहतका जिल्लालाई दिने निर्णय गरिसकेको छ ।

फागुन मसान्तभित्र विवरण दिन नसक्ने जिल्लालाई महाधिवेशनमा भाग नगराइने निर्णय पनि कांग्रेसको छ ।

क्रियाशील सदस्यको नवीकरण र नयाँ वितरणमा केन्द्रले गरेको परिपत्र र विधानले गरेको व्यवस्थाको प्रक्रिया पूरा गर्नुपर्ने र प्रकृया नपु-याएकालाई मान्यता नदिइने कांग्रेसको चेतावनी छ ।

क्रियाशील सदस्यता वितरणमा विवाद देखिए केन्द्रले समिति गठन गरी छानविन गर्ने प्रवक्ता बडुले जानकारी दिनुभयो ।