१ कार्तिक २०८३, आइतबार

कारबाहीमा सात तालिबान लडाकू मारिए

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


अफगानिस्तान, ७ असार । अफगानिस्तानको दक्षिण प्रान्त जाबुलमा तालिबान लडाकूविरुद्ध आफगान सुरक्षा बलले गरेको कारबाहीको क्रममा भएको झडपमा परी कम्तीमा सात तालिबान लडाकू मारिएका छन् । अफगान सेनाले शनिबार जारी गरेको एक विज्ञप्तिमा उक्त जानकारी दिएको छ ।

शुक्रबार साँझ सो प्रान्तको डेचोपान जिल्लामा अफगान सुरक्षा बल र तालिबान लडाकूबीच भएको झपडमा सात लडाकूको मारिनुको साथै अन्य १३ घाइते भएको सेनाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको क्रममा सुरक्षा बलले लडाकू समूहको हातहतियार र मोटरसाइकलहरु पनि कब्जा लिएको बताइएको छ । यस कारबाहीमा सुरक्षा बलतर्फ भने कुनै मानवीय क्षति नभएको बताइएको छ । यस कारबाहीको तालिबान लडाकू समूहले भने कुनै टिप्पणी गरेका छैनन् । –रासस