काठमाडौं, ६ फागुन । पूर्वस्वीकृति लिनुअघि र लिएको ७ दिन नबित्दै भिसा लागेका करिव २ हजार मानिस वैदेशिक रोजगारीमा काम गर्न जान श्रम स्वीकृति नपाएर समस्यामा परेका छन् ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार ऐनअनुसार पूर्वस्वीकृति लिनुअघि र पूर्वस्वीकृति लिएको ७ दिनअघि भिसा लाग्न नसक्ने भन्दै श्रम स्वीकृति नदिएपछि कामदार समस्यामा परेका कान्तिपुर दैनिकले छापेको छ ।
पूर्वस्वीकृति लिएको ७ दिन अघि र पूर्वस्वीकृति लिनुअघि भिसा लागेका मानिस भन्डै २ हजारको हाराहारीमा होलान विभागका एक अधिकारीले भने कानुनी प्रक्रिया पूरा गर्दा कामदारको भिसा ७ दिनअघि लाग्न सक्ने देखिदैन ।















प्रतिक्रिया