४ कार्तिक २०८३, बुधबार

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सिप्रदी र टाटा मोटर्सद्वारा १६ शहरहरूमा योग कार्यक्रम

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ असार । अग्रणी अटोमोबाइल कम्पनी टाटा मोटर्स र टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेडिङ्ग प्रालिले अन्तर्राष्ट्रिय योग दिवस २०१९ को अवसरमा नेपालका १६ मुख्य शहरहरूमा योग कार्यक्रमको भव्य आयोजना गर्दै दिवस मनाइएको छ ।

सिप्रदीको पहलमा आयोजित कार्यक्रमलाई सिप्रदियन सहायता संस्था र टाटा मोर्टसले संयुक्त रूपमा सहयोग प्रदान गरेका थिए ।

अन्तर्राष्ट्रिय योग दिवस उत्सव टाटा मोर्टसको अन्तर्राष्ट्रिय कार्यक्रम हो र नेपालमा देशभर यो कार्यक्रमको आयोजना सिप्रदीले गरेको हो ।

कार्यक्रममा टाटा मोटर्स र सिप्रदीका वरिष्ठ अधिकारीहरूसहित सिप्रदीका कर्मचारीहरू, सिप्रदीका कर्मचारीका परिवारजन, ग्राहकहरू र क्षेत्रीय अधिकारिहरूको उत्साहजनक सहभागिता थियो । आधिकारिक योग प्रशिक्षकहरूले योग सत्रको आयोजना गरेका थिए ।

एक हजार वर्ष पुरानो योग शारीरिक, मानसिक तथा आध्यात्मिक अभ्यास हो । योग अभ्यास गर्नेहरूमा योगले प्रदान गर्ने फाइदाहरूको पहिचानस्वरूप संयुक्त राष्ट्रसंघले केही वर्षअघि यो योग दिवस मनाउने निर्णय गरेकोमा अहिले धेरै देशहरूले आत्मसात गरेको यो विश्वव्यापी पहलमा सिप्रदी पनि सहभागी भएका छन ।

यो वर्ष आयोजना गरिएको योग दिवस उत्सव सिप्रदीले आयोजना गरेको तेस्रो संस्करण हो र पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगर अनि जोमसोमस्थित रहेका १६ वटा मुख्य शाखाहरूमा योग दिवसको अवसरमा कार्यक्रम बिस्तार गरिएको थियो।

योग सत्रको समापनपछि सहभागीहरू सरसफाई कार्यक्रममा पनि सहभागी भए। नजिकैका खोलानाला, सामुदायिक भवनहरू र विद्यालयहरूको सरसफाई टाटा योद्धाका ग्राहकहरूको पहलमा गरिएको थियो। अमृत भोजनसँगै सरसफाई कार्यक्रम पनि सम्पन्न भयो।